वाश क्षेत्रमा थप लगानी, प्राविधिक सहयोग र नीतिगत सुधार गर्न तयार छ: मन्त्री यादव

  वास खबर सम्बाददाता  314 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउने सरकारको प्रमुख जिम्मेवारी भएको बताउनु भएको छ।

नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाको काठमाडौँको पाँचौँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट मन्त्री यादवले भन्नुभयो ‘खानेपानी र सरसफाइ हाम्रो देशको प्राथमिक आवश्यकता हो। यो केवल आधारभूत अधिकार मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि हो।’

वहाँले स्थानीय स्तरमा समिति तथा जनताले देखाएको समर्पणले देशलाई खानेपानी व्यवस्थापन र सरसफाइको क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याएको बताउनुभयो।

वि.सं. २०७२ को विनाशकारी भूकम्पले चन्द्रागिरी नगरपालिका–२ को खानेपानी आपूर्ति प्रणालीलाई गम्भीर असर पुर्‍याएको थियो। पाइपलाइन र मुहानहरू क्षतिग्रस्त भएका थिए। यस्तो परिस्थितिमा स्थानीय समितिहरूले देखाएको समर्पण अत्यन्त सराहनीय रहेको मन्त्री थापाले बताउनुभयो।

‘समितिले खानेपानी व्यवस्थापन, सरसफाइ सुधार, र दिगो विकासका लागि देखाएको दृढता प्रशंसनीय छ। उहाँहरूको यो प्रयासमा सरकारको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्द्छु’ मन्त्री यादवले भन्नुभयो।

उहाँले खानेपानी र सरसफाइ क्षेत्रमा थप लगानी, प्राविधिक सहायता र आवश्यक नीति सुधार मार्फत सघाउन सदैव तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार