
काठमाडौ : सरकारले नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदका लागि आवेदन दिएका उम्मेदवारहरु मध्ये ५ जनाको नाम संक्षिप्त सूचीमा सूचीकृत गरेको छ। खानेपानी मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै सूचीकृत भएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
संक्षिप्त सूचीमा सिराञ्चोक गााउँपालिका ७ गोरखाका अर्जुन बाबु ढकाल, काठमाडौ महानगरपालिका वानेश्वर-३१, काठमाडौंका डा. इश्वर प्रसाद, चितवन भरतपुर-१४ का डा. डोल प्रसाद चापागाई, टोखा-९ सिद्धिटोल, काठमाडौंका निरण महर्जन र नरदेवी-१८, काठमाडौंका बुद्ध रत्न महर्जन पर्नुभएको छ ।
संक्षिप्त सूचीमा सूचीकृत उम्मेदवारहरुलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि मन्त्रालयले बोलाएको छ । मन्त्रालयले व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणको मिति २०८१ माघ २९ गते मङ्गलबार खानेपानी मन्त्रालयमा बिहान १०:३० बजे तोकेको छ भने अन्तरवार्ताका लागि अर्को दिन अर्थात माघ ३० गते बुधबार खानेपानी मन्त्रालयमा विहान १०:३० बजे बोलाएको छ ।
अन्तरवार्तामा उपस्थित हुन आउँदा शैक्षिक योग्यता र अनुभव लगायतका सबै प्रमाणपत्रहरुको सक्कल प्रति साथमा लिई उपस्थित हुन समेत मन्त्रालयले अनुरोध गरेको छ।
खानेपानी मन्त्रालयले नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा नियुक्तिका लागि २०८१ असोज ५ गते गोरखापत्र राष्ट्रिय दैनिकमा एक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो।


882 पटक हेरिएको 

