नारायण नगरपालिकाको नगरसभाले पारित गर्‍यो खानेपानी तथा सरसफाइ ऐन

  वास खबर सम्बाददाता  410 पटक हेरिएको

दैलेख : दैलेखको नारायण नगरपालिकाको १५ औं नगरसभाले ‘खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन २०८१’ पारित गरेको छ । नगरवासीहरुलाई स्वच्छ खानेपानी र सुरक्षित सरसफाइको सुनिश्चितताका लागि नगर सभाले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन २०८१ पारित गरेको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले जानकारी दिनुभयो।

ऐनमा नागरिकलाई खानेपानी र सरसफाइमा पहुँच अभिवृद्धिका लागि नागरिकको कर्तव्य र नगरपालिकाको दायित्वका बिषयमा बिस्तृत रुपमा व्याख्या गरिएको उहाँले बताउनुभयो।

नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा बसेको नगरसभाको बैठकले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन सँगै अन्य ऐनहरु पारित गर्नुका साथै नीतिगत निर्णयहरु समेत गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार