टीकापुर साना शहरी र लेखनाथ साना शहरी खानेपानी उत्कृष्ट सेवाग्राही घोषित

  वास खबर सम्बाददाता  355 पटक हेरिएको

काठमाडौ : कैलालीको टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र कास्कीको लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई नगर विकास कोषले उत्कृष्ट सेवाग्राही घोषणा गरेको छ । नगर विकास कोषको ३७औं वार्षिकोत्सव कार्यक्रममा ती दुई संस्थालाई उत्कृष्ट सेवाग्राहीको रुपमा पुरस्कृत गरिएको हो ।

उत्कृष्ट सेवाग्राही छनौटको लागि कोषणले सेवाग्राहीहरुसँग आवेदन माग गरेको थियो । प्राप्त आवेदनका आधारमा साना शहरी खानेपानी आयोजना तेस्रो चरण, शहरी खानेपानी तथा सरसफाई आयोजना एवंम् सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाहरु मध्ये कोषले निर्धारण गरेका मूल्याङ्कनका आधारमा टीकापुर साना शहरी खानेपानी तथा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था उत्कृष्ट सेवाग्राही छनौट गरी पुरस्कृत गरिएको कोषले जनाएको छ ।

कोषले हरेक आर्थिक बर्षमा नियमित रुपमा साधारण सभा भए/नभएको, पछिल्लो २ वर्षमा सम्पन्न साधारण सभाको निर्णय, कोषको ऋण लगानीमा सम्पन्न आयोजनामा क्षमता विस्तार र सुधार, पछिल्लो २ आर्थिक वर्षमा पानी ट्याङ्की, पाईप लाईन र धारा संख्या आदिको विस्तार, पछिल्लो २ आर्थिक वर्षमा मर्मत सम्भारमा गरेको खर्च, आयोजनाको लक्ष्य अनुसारको सेवा प्रवाह र आयोजनाको गत आर्थिक वर्षको पानीको उत्पादन र खपत लगायतको आधारमा मूल्याङकनको आधारमा छनौट गरिएको थियो।

यस्तै संस्थाको आयरव्यय तथा महसुल विलिङ्ग सम्बन्धी कम्प्युटर सफ्टवेयर प्रणाली प्रयोग गरे/नगरेको, उपभोक्ता संस्थाद्धारा आयोजनाको मूख्य संरचनाको बीमा भए नभएको, संस्थामा कार्यरत कर्मचारी संख्या दक्ष प्राविधिक (ईन्जिनियर, सव-ईन्जिनियर र लेखा कर्मचारी) लगायतलाई पनि मूल्याङ्नको आधार बनाईएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार