कार्य सम्पादनमा खानेपानी मन्त्रीको अंक २३ मात्र

२२ मन्त्रालयमा खानेपानी मन्त्रालय १६ औं स्थानमा

  वास खबर सम्बाददाता  324 पटक हेरिएको


काठमाडौ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्य सम्पादन प्रतिवेदनमा खानेपानी मन्त्रालयले २३.३५ अंक मात्र प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रगति विवरणमा २५ भन्दा कम अंक प्राप्त गर्ने ८ वटा मन्त्रालय मध्ये खानेपानी मन्त्रालय पनि परेको हो ।

खानेपानी मन्त्रालय र मातहतको निकायको पूँजीगत खर्चको अर्धबार्षिक नतिजा अनुसार समग्रमा १६.११ प्रतिशत मात्र खर्च गरेका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्री कार्यालय सहित अधिकांश मन्त्रालयको अर्धवार्षिक नतिजा कमजोर देखिएको छ । सरकारले वार्षिक कार्ययोजनामा उल्लेख क्रियाकलाप तथा माइलस्टोनलाई आधार बनाएर प्रधानमन्त्री कार्यालयले प्रतिवेदन तयार गरेको हो।

२५ भन्दा कम अंक प्राप्त गर्ने मन्त्रालयहरु

१. विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री २४.५५ अंक

२.प्रदीप यादव खानेपानी मन्त्री २३.३५

३. शरद सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री १८.७५

४. पृथ्बी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री १८.१५

५. तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री १५.३

६. नवल किशोर साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री १०.७

७. देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री ७.९

६ महिनाको अवधिमा लक्ष्यको ३२.०५ प्रतिशत मात्र काम भएका छन् । क्रियाकलापतर्फ १७.२ तथा माइलस्टोनतर्फ ४६.९ प्रतिशत मात्र काम भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, २० वटा मन्त्रालय तथा राष्ट्रिय योजना आयोग, नेपाल ट्रस्टको कार्यालय, लगानी बोर्ड, सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, लगानी बोर्डको कार्यालय, तथ्यांक कार्यालय समेत २८ निकायका क्रियाकलाप र माइलस्टोनलाई एकीकृत अनुगमन प्रणालीमा प्रविष्ट गरी विश्लेषण गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार