
सिरहा : सिरहा नगरपालिकामा वास आधारस्तम्भहरुको विश्लेषण (WASH Building Block Analysis) गरिएको छ । Welt Hunger Hilfe (WHH) को सहयोगमा सवल नेपालद्धारा सिरहा जिल्लामा सञ्चालित Up Scaling WASH System strengthenin Aproach in Terai Region in Nepal परियोजना अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो।
यो खानेपानी, स्वच्छता र स्वच्छता क्षेत्रमा प्रणालीगत मुल्याङ्कन गर्ने एउटा टुल्स हो । जसले विभिन्न आधारभूत घटकहरू जस्तै नीति, वित्त, संस्थागत ढाँचा, मानव संसाधन, आदिको विश्लेषण गर्दछ । यसले खानेपानी सरसफाइ र स्वच्छता प्रणालीको सवल पाटो र कमजोरीहरू पहिचान गर्न मद्दत गरी सुधारका लागि सिफारिस गर्दछ ।
मुल्याङ्कनको नतिजा अनुसार सिरहा नगरपालिकाले कुल १२६ अंक मध्ये ९१ अंक प्राप्त गरेको छ । यसले अझ खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यक रहेको औलाल्यएको सहभागिहरुले बताएका छन् ।

१ देखि ९ वटा आधार स्तम्भहरुको प्रत्येक प्रश्नहरुको समूहगत छलफल पश्चात सहभागीहरु आफैले अंक दिएको थिए । जसले ० भनेको केही पनि नरहेको, १ भनेको केही सञ्चालनमा रहेको एवं २ अंकले राम्रो भन्ने जनाउँदछ । यसरी सहभागीहरुले हरेक सूचकको वर्तमान अवस्थालाई केलाएर क्रमशः ०, १ र २ अंक दिएका थिए । उक्त अंकको आधारमा संस्थागत व्यवस्थापन तथा समन्वयमा १५ र वित्तीय व्यवस्थापनमा ७ अंक प्राप्त गरेको सबल नेपालका वास फोकल पर्सन परमेश्वर झाले जानकारी गराउनुभयो ।
उहाँका अनुसार WASH Building Block Analysis ले समग्र पालिकाको वास प्रणालीको मुल्याङ्कन गर्न सघाउ पुगेको छ । नगरपालिकाले कमजोर रहेको क्षेत्रको सुधार गर्न कार्ययोजना समेत निर्माण गरेको छ ।
कार्यक्रममा सिरहा नगरपालिकाको वडा नं. १ देखि २१ वडाका वडा अध्यक्षहरु, सरसफाइ, स्वास्थ्य, शिक्षा, योजना लगायत शाखाका शाखा प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।



610 पटक हेरिएको 

