नगरपालिकाको स्थापना दिवसको अवसरमा वृहत सरसफाइ

  वास खबर सम्बाददाता  328 पटक हेरिएको


ललितपुर : गोदावरी नगरपालिकाको ९ औं स्थापना दिवसको अवसरमा वृहत सरसफाइ गरिएको छ । दिवसको अवसरमा बज्रबाराही मन्दिर र नगरपालिका परिसरमा ब्यापक सरसफाइ गरी करिब ३ गाडी फोहोर संकलन तथा ब्यवस्थापन गरिएको हो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उप प्रमुख मुना अधिकारी एवं वडा अध्यक्ष मिलन सिलवाल, वातावरण प्रमुख अनिता बोहरा, सिर्जनसिप सेवा प्रा.लि.का सञ्चालक श्याम राउत लगायतले सरसफाइमा भाग लिएको सिर्जनसीप सेवा प्रा.लिका एल पि दवाडीले जानकारी दिनुभयो ।

यस्तै नगरपालिका विभिन्न तहका कर्मचारी, नेपाल आर्मी, शसस्त्र प्रहरी बल खुमल्टार, नेपाल प्रहरी, नगर प्रहरी, सिर्जनसिप सेवा प्रालिका सफाइ सेवक कर्मचारी, नेप्को सेवा प्रालि, नेपाल फुलबारी सेवा प्रालिका कर्मचारी लगायतको व्यापक उपस्थितिमा सरसफाइ गरिएको उहाँले जानकारी दिनुभयो।

‘कृषि, पुर्वाधार, पर्यटकिय नगरी, स्वच्छ, समृद्ध गोदावरी, स्वच्छता सुन्दरता र हरियाली गोदावरी’ भन्ने नाराका साथ गोदावरी नगरपालिकाले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार