विश्व पानी दिवस २०२५ को अवसरमा हुँदैछन् यी कार्यक्रमहरु

  वास खबर सम्बाददाता  702 पटक हेरिएको


काठमाडौ : विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउन सुरु गरिएको छ । विभिन्न संघसंस्थाले विश्व पानी दिवसको अवसरमा विभिन्न कार्यशाला गोष्ठी र अन्तरसंवाद कार्यक्रम लगायत आयोजना गरेका हुन् ।

सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको विश्व पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व पानी दिवस मनाईएको थियो।

यसर्षको विश्व पानी दिवसको नारा ग्लेसियर संरक्षण (Glacier Preservation) गरौं भन्ने तय गरिएको छ । ग्लेसियर भनेको हिमालय क्षेत्रमा हजारौं बर्षदेखि जमेको बरफ, हिउँ, र चट्टानको ठूलो संग्रह हो।

दिवसको अवसरमा काठमाडौमा हुन गैरहेको कार्यक्रमहरु :

कार्यक्रमको नाम : ग्लेसियर संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी
मितिः २० मार्च २०२५, बिहीबार
स्थान : दिन होटल हिमालय, कुपन्डोल, ललितपुर
समय बिहान : ८ः३० देखि दिउँसो १ः०० बजेसम्म
सहकार्य : SNV, WaterAid, Welthungerhilfe, MCDC, BestPaani, Wine to Water, Plan International, International Water Management Institute, #D Research & Development Solutions, HuRENDEC Nepal / Nepal Rainwater Harvesting Alliance

आयोजक : स्मार्ट वास सोलुसन्स
……………………………………………………….

कार्यक्रमको नाम : Water Resilience Tracker (WRT परियोजना ) दोस्रो चरणको प्रारम्भिक कार्यशाला
मिति र समयः २० मार्च २०२५ (बिहीबार) ।
समय : बिहान ८ः०० – दिउँसो २ः३०
स्थानः स्क्वायर होटल, पुल्चोक
आयोजक : अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था

………………………………………………………………..

कार्यक्रमको नाम : हिमनदी, जल स्रोतहरू, तथा जलवायु प्रभावहरूको सञ्चार विषयक मिडिया कार्यशाला
मितिः २० मार्च २०२५
स्थानः होटल मर्स्याङ्दी, ठमेल, काठमाडौं
⏰ समयः बिहान ८ः०० बजे
आयोजक : कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र

…………………………………………………………………….

कार्यक्रम : राष्ट्रिय जल सम्मेलन २०२५
मिति : २२-२३ मार्च २०२५
स्थान : एभरेस्ट होटल, नयाँ बानेश्वर, काठमाडौं
आयोजक : जल तथा ऊर्जा आयोग सचिवालय (WECS) र राष्ट्रिय सिँचाई उपभोक्ता महासंघ नेपाल (NFIWUAN)

……………………………………………………………………….

कर्यक्रम शीर्षक : Water, Sanitation, and Hygiene (WASH) Financing and Sustainability

मितिः २२ मार्च २०२५ (९ चैत्र, २०८१), शनिवार
समयः बिहान ९ः३० देखि दिउँसो १ः३० सम्म
स्थानः मर्क्युर होटल, सुकेधारा हाइट्स, काठमाडौं
आयोजक : सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन)

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार