
काठमाडौ : कीर्तिपुर नगरपालिका, महिला प्लाष्टिक रिसाइक्लि केन्द्र र निजी फोहोर व्यवस्थापन कम्पनीहरूलाई लक्षित गरी एकीकृत शहरी विकास केन्द्र (CIUD) द्वारा फोहोर प्लाष्टिकको सूचना व्यवस्थापन प्रणाली (PWIMS) सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । फोहोर प्लाष्टिकको उचित व्यवस्थापन गर्ने हेतुले कीर्तिपुर नगरपालिकामा त्यसको सूचना व्यवस्थापन प्रणाली (PWIMS) डाटाबेस प्लाष्टिकको तथ्याङ्क संकलन तथा डिजिटल डाटा रेकर्ड गर्ने र त्यस डाटाबाट सूचना प्राप्त गर्ने प्रविधि विकास अपनाएको हो ।
(PWIMS) एक डिजिटल प्लेटफर्म हो, जसले फोहोर प्लाष्टिकलाई ट्रयाक मद्दत गर्दछ । यो विभिन्न प्लाष्टिक फोहोर उत्पादन, वर्गिकरण, रिसाइक्लिङ तथा बिक्रीको डाटा रेकर्ड गर्न गरीएको डिजाइन टुल वा प्रविधि हो । यस प्रणालीको उद्देश्य डाटाको पारदर्शिता, जिम्मेवारी र प्लाष्टिक फोहोर व्यवस्थापन प्रक्रियामा न्यूनीकरण गर्न सघाउने हो ।
कार्यक्रमको पहिलो सत्रमा इनोभेटिभ सोलुसन प्रा।लि।बाट कार्यक्रम अधिकृत आइरिसा श्रेष्ठले (PWIMS) को प्रस्तुति गर्नुभएको थियो । डेटाबेस सिस्टममा तथ्याङ्क राख्नको लागि नगरपालिका, निजी क्षेत्र तथा महिला उद्यमीहरुको लागि छुट्टा छुट्टै लगइन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस अन्तर्गत समुदाय स्तरबाट संकलन भएको प्लाष्टिक फोहरको तौल, प्लाष्टिकको स्रोत, प्लाष्टिकको प्रकार, पुनःचक्रबाट उत्पादित सामाग्रीहरुको तथ्याङ्क, आम्दानी आदि डेटाबेस प्रणालीमा राख्न मिल्ने हुँदा रिर्पोटिङमा सहज हुन्छ । यस प्रविधिबाट फोहोर प्लाष्टिक श्रोतको कसरी व्यवस्थापन गरिएको छ भन्ने डाटा ड्यासबोर्डमा प्रसारण गर्ने कार्य गर्दछ ।

“कीर्तिपुर नगरपालिका विभागीय अधिकृत तथा यस प्लिज परियोजनाका फोकल पर्सन ज्ञानबज्र मर्हजनले यस प्रविधिको मुख्य सर्भर कीर्तिपुर नगरपालिकाको वातावरण विभागको अधीनमा हुने जानकारी दिनुभयो । जसले गर्दा कीर्तिपुर नगरपालिकाले सबै निजी संगठनहरूको रेकर्ड ट्रयाक गर्ने र कीर्तिपुर नगरपालिका भित्रमा संकलन गरिएको प्लाष्टिकको उचित वर्गीकरण साथै स्रोत विभाजन, तौल तथा मूल्यहरुको रियल डेटा संरक्षण गर्ने उहाँले बताउनुभयो ।
निजी फोहोर संकलन कर्ताले फोहर प्लाष्टिक रिसाइकलिङ गर्न तथा व्यवस्थापनमा छिटो छरिटो गर्नमा मद्दत हुने हुनाले प्राइभेट कम्पनीबाट सहयोगी भुमिका खेल्दै कम मूल्य र उच्च–मूल्यमा रिसाई क्लिङ गर्ने फोहर प्लाष्टिकको वर्गीकरण अनुसार वजन सहित डाटा प्रविष्टिमा ध्यान दिदै कार्य गर्ने पदम थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
PWIMS को मुख्य लक्ष्य फोहर प्लाष्टिक संकलन, वर्गिकरण र पुनः प्रयोगिएको सही जानकारीको लागि वास्तविक–समयमा डाटा प्रविष्टि सुनिश्चित गरी जानकारी सम्प्रेशन गने, डाटा ट्र्याक गर्न मद्दत गर्ने र प्लाष्टिक संकलन संगै डिजिटल ड्यासबोर्ड मार्फत बेचिएको उत्पादनहरूको समेत जानकारी प्रदान गर्दै सूचना सम्प्रेषण गर्दछ।

उक्त कार्यक्रममा अठार जना सहभागीहरूले डिजिटल डाटाबेस प्रशिक्षण लिनुभएको थियो । कीर्तिपुर नगरपालिका, कीर्तिपुर समुदाय र विभिन्न कीर्तिपुरकै निजी फोहर संकलन तथा व्यवस्थापनमा कार्यरत व्यवसायीहरुबाट भाग लिएका थिए । यो एकदम चाखलाग्दो थियो, र सहभागीहरूले आफ्नै डाटा प्रविष्ट प्रणाली सिक्न उत्साहित भएका थिए ।
अन्ततः, PWIMS ले प्लाष्टिक फोहोर व्यवस्थापन गर्ने र प्लाष्टिक मात्रा प्रवाहलाई नदी, पानी निकाय वा ल्याण्डफिल साईटहरूमा कम गर्न र नगरपालिकाको प्लाष्टिकजन्य सामान प्रति विश् चक्रिय अर्थव्यवस्था कायम गर्ने गरी योजना तर्जुमा गर्नको लागि छिटो निर्णय गर्नमा सहयोग गर्दछ । यसले प्लास्टिक व्यवस्थित समुदायहरू घोषण ातथा थप व्यवस्थापन गर्न मद्दत गर्दछ ।


802 पटक हेरिएको 

