महिनादिन भित्रै खानेपानी विभागका दुई उप महानिर्देशक निजामति सेवाबाट बिदा हुँदै

  वास खबर सम्बाददाता  829 पटक हेरिएको

काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका दुई जना उपमहानिर्देशकहरुले महिना दिन भित्रै निजामति सेवाबाट अवकाश पाउने भएका छन् । उपमहानिर्देशक राम चन्द्र काफ्ले र अर्का उपमहानिर्देशक जक्की अहमद अन्सारीले निजामति सेवा ऐन २०४९ को दफा ३३ बमोजिम अनिवार्य अवकाश पाउन लाग्नु भएको हो ।

निजामति सेवा ऐन २०४९ को दफा ३३ मा ५८ बर्ष उमेर पूरा भएको निजामति कर्मचारीले निजामति सेवाबाट स्वतः अवकाश पाउने व्यवस्था छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामति) ले प्रकाशन गरेको आ.व. २०८१/८२ मा अनिवार्य अवकाश हुने अनुमानित कर्मचारीहरूको नामावली अनुसार उपमहानिर्देशक जक्की अहमद अन्सारी यही जेठ १२ गते देखि अवकाश हुनुहुनेछ ।

यस्तै अर्का उपमहानिर्देशक काफ्ले आगामी असार ०८ गते ५८ बर्ष उमेर अवधि पूरा गर्दै हुनुहुन्छ ।

सरकारले खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेपछि खानेपानी विभागमा तीन जना उप महानिर्देशक कार्यरत हुनुहुन्छ । नयाँ संरचना अनुसार एक जना उपमहानिर्देशकले खानेपानी महाशाखा अर्का उपमहानिर्देशकले ढल तथा सरसफाइ व्यवस्थापन महाशाखा र तेस्रो उपमहानिर्देशकले सेवा नियमन तथा समन्वय महाशाखाको नेतृत्व गर्नुहुन्छ।

त्


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार