
ललितपुर : गोदावरी नगरपालिकाभित्र कार्यरत सरसफाइकर्मीहरुका लागि पेशागत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । गोदावरी प्रावल्य वास परियोजना अन्तर्गत सिर्जनसीप सेवा प्रा. लि. अन्तर्गत र नगरपालिकाभित्र कार्यरत सरसफाइकर्मीहरुका लागि पेशागत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।
सिर्जनसीप सेवा प्रा. लि. का अध्यक्ष सहदेव राउतको अध्यक्षता एवं गोदावरी नगरपालिकाका प्रमुख मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको पेशागत स्वास्थ्य सुरक्षा सामग्रीहरुमा पीपीई, गम्बुट, पञ्जा, मास्क, हेल्मेट र महिनावारी प्याड लगायत छन् ।
कार्यस्थलमा सरसफाइकर्मीहरुको पेशागत सुरक्षाका लागि सामग्री हस्तान्तरण गरिएको गोदावरी प्रावल्य वास परियोजनाका संयोजक आनन्द गौतमले बताउनुभयो । वाटर एड नेपाल, भ्याकिन र गोदावरी नगरपालिकाको साझेदारीमा विगत साढे दुई बर्षदेखि गोदावरी नगरपालिकामा ‘गोदावरी प्रावल्य वास परियोजना’ सञ्चालन भैरहेको छ ।

फोहोरमैला व्यवस्थापन गर्ने काम जोखिमपूर्ण काम भएकाले यसमा कार्य गर्ने सरसफाइकर्मीले अनिवार्य पेशागत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने मेयर मेयर महर्जनले बताउनुभयो । उहाँले यसबाट ग, चोटपटक, र हानिकारक पदार्थबाट जोगाउन सुरक्षा प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस कार्यले कार्यस्थल सुरक्षित हुने, दुर्घटना हुना नदिने, कामदारको आत्मविश्वास बढाउने र सेवा प्रवाहमा स्थायित्व ल्याउने विश्वास व्यक्त गर्नुभयो।



397 पटक हेरिएको 

