
काठमाडौ : सरकारले चालु आर्थिक बर्ष ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गर्ने जनाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गर्ने बताउनु भएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा ठूला खानेपानी आयोजना सम्पन्न भई हुँदा ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा र ९८ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुग्ने वक्तव्यमा उल्लेख छ।
सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ ।


487 पटक हेरिएको 

