
सिरहा :आज जुन ५ अर्थात विश्व वातावरण दिवस । प्लाष्टिक प्रदुषण न्युनीकरणः हाम्रो दायित्व भन्ने नाराका साथ सबल नेपालले विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाईएको छ । प्लाष्टिकको न्युनीकरण तथा हरियाली प्रर्वद्धन गर्ने उद्देश्यका साथ सप्तरी तथा सिरहा जिल्लाको विभिन्न पालिकाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाईएको हो ।

सिरहा जिल्लाको विभिन्न पालिकाहरुमा वेल्थहंगरहिल्फे (WHH) को सहयोगमा संचालित UpScaling WASH system strengthening in Terai परियोजना अन्तर्गत कल्याणपुर नगरपालिकाको श्री.जी.स.न.ज मा.वि भेडिया ७ एवं श्री लो.म.ज.मा.वि वनिनिया, अरनमा १ मा वातावरणको महत्व सम्बन्धी हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिनुको साथै विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।

यसै गरी सिरहा नगरपालिका अन्तर्गतको श्री जनता आ.वि सिरहा ११ मा विद्यार्थी तथा अभिभावकहरुसंग प्लाष्टिकजन्य फोहर व्यवस्थापन बारे अभिमुखीकरण सञ्चालन गरिएको छ भने विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
यसै गरी गोलवजार नगरपालिका अन्तर्गत श्री जनता नमुना मावि चोहर्वामा निवन्ध प्रतियोगिताको आयोजना गरिएको छ भने विद्यालय परिसर भित्र विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ भने उक्त पालिका अन्तर्गतकै गोलामुक्सार ३ मा स्थानीय सरसफाइ समितिद्धारा सार्वजनिक जग्गाहरुमा वृक्षारोपण गरिएको छ ।

यसै गरी करजन्हा नगरपालिका वडा ११ को सामुदायिक पार्कमा वडा अध्यक्षको नेतृत्व तथा समुदायको सहभागितामा ७ सय बोटविरुवाहरु रोपिएको छ । यसै गरी विष्णुपुर गाउँपालिकामा समुदाय स्तरीय भेला तथा प्लाष्टिक न्युनीकरण सम्बन्धी अभिमुखीकरण गरिनुका साथै सामूहिक सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

यसै गरी सप्तरी जिल्लाको खडक तथा सुरुगाँ नगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालद्धारा सञ्चालित सम्मुनति तथा संकल्प कार्यक्रम अन्तर्गत खडक नगरपालिका वडा नं. १० मा नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा वृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ उक्त अवसरमा नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सामुदाय तथा सबल नेपालका कर्मचारीको सहभागिता रहेको थियो ।
यो संगै दुवै पालिकाको विभिन्न विद्यालयहरुमा निवन्ध तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिनुका साथै वृक्षारोषण तथा अन्तरक्रिया लगायतको कार्यक्रम सञ्चालन गरिएको छ । यसै गरी जिल्ला वाल क्लव संजालद्वारा जिल्ला स्तरीय निवन्ध प्रतियोगिताको आयोजना गरिएको छ ।

यसै गरी सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका तथा सप्तकोशी नगरपालिकामा सिविएम ग्लोबलको सहयोगमा सबल नेपाल तथा समावेशी अपाङ्ग संघ सप्तरीद्वारा संयुक्तरुपमा सञ्चालित अपाङ्गता समावेशी विपद जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिकाको वडा नं.२ तथा ४ मा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

सो अवसरमा पालिकाको नेतृत्व तथा अन्य विकास साझेदार संघसंस्थाहरु मर्सिर्कोप, आसमान नेपाल, इसिमोड, रोयम नेपाल लगायतको संघसंस्थाहरु सँगको सहकार्यमा ५०० भन्दा बढी बोटविरुवाहरु जिता नदीको किनारमा तथा विद्यालय एवं वडा कार्यालयको परिसरमा वृक्षारोपण गरिएको छ । उक्त अवसरमा कार्यक्रम अन्तर्गत गठन भएका आत्मनिर्भर समुहका सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
वातावरण दिवसको अवसरमा आयोजित विविध कार्यक्रमका फोटाहरु :













1053 पटक हेरिएको 

