
राजबिराजः सुरक्षित सरसफाइ सेवामा समावेशिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ राष्ट्रिय सरसफाइ सप्ताह सप्ताहव्यापी कार्यक्रम गरी मनाइएको छ।
BMZ/VCA/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक बिकास केन्द्र (MCDC) द्वारा संचालित Up–scaling WASH Strengthening Approach in the Terai region of Nepal परियोजना अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय सरसफाइ सप्ताह मनाईएको हो ।
सरसफाई सप्ताहको अवसरमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका वार्ड नं १ स्थित श्री ठाकुर जी मा.वि. जानडोलमा हाजिरी जवाफ प्रतियोगिता, श्री राष्ट्रिय माध्यमिक मा.वि. रत्वाला मा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो।
यस्तै सप्तकोशी नगरपालिका वार्ड नं १० स्थित श्री जनता माध्यमिक विद्यालय, भगनी, मलेठमा पनि हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो। बिष्णुपुर गाउँपालिका वार्ड नं ६; गोर्गम्मा टोल र डाक्नेश्वोरी नगरपालिका वार्ड नं ९, महुकी बिचला साह टोलमा पनि बृहत सरसफाइ अभियान सन्चाल गरी राष्ट्रिय सरसफाइ सप्ताह मनाईएको छ ।

यस्तै अग्नीसाइर कृष्णासवरन गाउँपालिका वार्ड नं १ जलेविया टोल तथा वार्ड नं. ५ भीमार टोल, राजगढ गाउँपालिका वार्ड नं ४ः जमुवा मण्डल टोल, डाक्नेश्वोरी नगरपालिका वार्ड नं ३ को पातो नयाँ चौधरी टोल र वार्ड नं २ को हरिराहा चौधरी टोलमा बृहत सरसफाइ अभियान सन्चाल गरी राष्ट्रिय सरसफाइ सप्ताह मनाईएको छ ।
यस साप्ताहिक कार्यक्रमले वातावरणीय संरक्षणमा समुदायको संलग्नता र सरोकारवाला बीचको सहकार्यलाई उजागर गरेको छ । पालिका, वार्ड कार्यालय, विद्यालय तथा स्थानिय टोलको सहयोगमा आयोजना गरिएका विभिन्न कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने जनचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास वाश अधिकृत सन्तोष चौधरीले व्यक्त गर्नुभयो।

परियोजना संयोजक प्रताप श्रेष्ठले आगामी दिनहरुमा पालिका, वार्ड कार्यालय, विद्यालय तथा स्थानीय टोल र समूहले यस प्रकारको सरसफाइका कार्यक्रमहरु निरन्तर रुपले अघि बढाउने तथा सक्रिय सहभागिता हुने अपेक्षा गर्दै सम्पूर्ण सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।


366 पटक हेरिएको 

