विद्यालय परिसरमा वृक्षारोपण तथा टोलहरुमा बृहत सरसफाइ

  वास खबर सम्बाददाता  357 पटक हेरिएको

राजविराज : विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ प्लास्टिक प्रदुषण लाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा लाई जोड दिईएको छ। BMZ/VCA/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक बिकास केन्द्र द्वारा संचालित Up–scaling WASH Strengthening Approach in the Terai region of Nepal परियोजना अन्तर्गत सप्तरी जिल्लाको ५ पालिकाको विभिन्न विद्यालयमा वृक्षारोपण र टोलहरुमा बृहत सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको हो।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस अन्तर्गत यस वर्ष प्लास्टिक प्रदूषण न्यूनीकरण लाई जोड दिंदै १० वटा विद्यालयमा बगैचा निर्माण तथा सयौंको संख्यामा वृक्षारोपण गरी वातावरण संरक्षणको सन्देश दिंदै मनाईएको हो ।


बगैचा निर्माण तथा वृक्षारोपण गरिनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका ४ विद्यालय (वार्ड नं १ स्थित श्री ठाकुर जी मा.वि. जानडोल, वार्ड नं २ स्थित श्री सु. दे. फु. मा.वि., वार्ड नं ४ स्थित श्री महिकर श्यामा मा.वि., वार्ड नं ६ स्थित श्री राष्ट्रिय मा.वि.) बिष्णुपुर गाउँपालिकाका १ विद्यालय (श्री रुद्र नारायण मा.वि.), डाक्नेश्वोरी नगरपालिकाका ३ विद्यालय (वार्ड नं ६ स्थित श्री सरस्वती मा.वि. औरही, वार्ड नं ९ स्थित श्री एस. एल.पी मा.वि पथरगाड़ा, वार्ड नं २ स्थित श्री जनता मा.वि. हरिराहा) राजगढ गाउँपालिकाका १ विद्यालय (वार्ड नं ४ स्थित श्री जनता मा.वि, बेलहीचपेना) रहेका थिए ।

सोहि अवसरमा २ वटा वार्ड कार्यालय (सप्तकोशी नगरपालिका वार्ड नं ९ र राजगढ गाउँपालिका वार्ड नं ४) र बेहरचाप खानेपानी आयोजनामा समेत बगैचा निर्माण तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाईएको छ ।

हामीले दिनहुँ प्रयोग गरिने प्लास्टिकको सही विसर्जन नभएकाले गर्दा नै नदी–नाला, सहर, हाट बजार सर्वत्र प्लास्टिकका थुप्राहरुले भरिएको सप्तकोसी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालले बताउनुभयो। उहाँले यसको समाधानका लागि प्लास्टिकका झोला वा सामग्रीहरुलाई पुनः प्रयोग गर्नुपर्ने बताउनुभयो।


यसै गरी श्री महिकर श्यामा मा.वि.मा रहेको बाल क्लबका अध्यक्ष सरस्वती चौधरीले विश्व वातावरण दिवसमा बाल क्लब सक्रिय रुपमा सहभागी हुन पाउँदा आफूलाई गर्व लागेको र यस प्रकारको सरसफाइ कार्यक्रमलाई निरन्तर दिन परियोजना तथा विद्यालयलाई आग्रह गर्नुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार