भक्तपुर : बिश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरको बृहत सरसफाइ गरिएको छ । सयौंको संख्यामा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा चाँगुनारायण मन्दिर देखि बसपार्क सम्मको सरसफाइ गरिएको हो । सरसफाइ अभियानको रुपमा थालनी भएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाकाको विभिन्न वडाका वडा प्रमुख लगायत वडा स्तरीय विभिन्न संघ संस्थाहरु बाट समेत सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत चाँगु प्रदेशको प्रदेश सभा सदस्य हरिशरण लामिछाने, चाँगुनारायण नगरपालिका प्रमुख सोम प्रसाद मिश्र, उप प्रमुख बीना बास्तोला, जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, भक्तपुरका सदस्यहरु, यु.एन हेभिटेटको जिल्ला संयोजक पार्वती दंगाल, युवा कृयाकलाप समाज (सोया) का स्वयंसेवक तथा प्रतिनिधीहरु, नेप्सेम्याक सेवा प्रा.लि का प्रतिनिधीहरु, नेपाल स्वच्छ वातावरण सेवा केन्द्रका प्रतिनिधिहरुको उपस्थिति रहेको सरसफाइ अभियानको आयोजना चाँगुनारायण नगरपालिकाले गरेको थियो । सरसफाइ कार्यक्रममा ग्लोबल सेनिटेशन फण्ड, यु. एन. हेभिटेट, युवा कृयाकलाप समाज (सोया), नेपालले र स्वच्छ वातावरण सेवा केन्द्रले सहयोग गरेका थिए ।
सरसफाइ अभियानमा विभिन्न संघ संस्थाले समेत ऐक्यबद्धता जनाएका छन् । कार्यक्रममा चाँगुनारायण नगरपालिकाले बसपार्क क्षेत्रका लागि सार्वजनिक मोबाइल शौचालय समेत हस्तान्तरण गरेको थियो ।



1051 पटक हेरिएको 

