केयूकेएल सहित १७ संस्थालाई जग्गा खाली गर्न त्रिविको पत्र

  वास खबर समाचारदाता  96 पटक हेरिएको

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सहित १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ ।

त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका संघ-संस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा केयूकेएल सहित १७ वटा संघ–संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परिसर भित्र काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कीर्तिपुर शाखाको प्रशासनिक भवन, रिजर्भ्वायर लगायत खानेपानीका विभिन्न संरचनाहरु, पम्प हाउस लगायत संरचनाहरु निर्माण गरिएका छन् ।

त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजी देखि धार्मिक सम्मका संघ–संस्थाले प्रयोग गरेको पाइएको छ । त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा त्रिविले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको हो ।

त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ।

त्रिविले पत्र काटेका १७ संघ-संस्था

• काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

• नेपाल क्रिकेट संघ

• कीर्तिपुर नगरपालिका

• ल्याबरोटरी माध्यमिक विद्यालय

• नेपाल नेत्रज्योति संघ

• रक्तसञ्चार केन्द्र

• बीपी कोइराला मेमोरियल प्लानेटोरियम

• कृषि बागबानी केन्द्र

• नेपाल प्राध्यापक संघ

• त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ

• त्रिवि कर्मचारी संघ

• नेपाल बैंक लिमिटेड

• ग्लोबल आईएमई बैंक

• आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

• राधास्वामी सत्संग व्यास नेपाल

• नेपाल विद्युत् प्राधिकरण

• कविन्द्र जेभी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार