काठमाडौ : खानेपानी तथा ढल निकास विभागले आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा २१ वटा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गरेको छ ।
एशियाली विकास बैँकको आर्थिक सहयोगमा दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत २१ वटा आयोजना सम्पन्न गरेको हो।
ती आयोजनाले विभिन्न जिल्लाका एक लाख ८३ हजार ३३० जनसंख्या लाभान्वित भएको विभागका महानिर्देशक तेजराज भट्टले जानकारी दिनुभयो । ती खानेपानी तथा सरसफाइ आयोजनाका लागि एशियाली विकास बैँकले तीन करोड दुई लाख १७ हजार रुपैयाँ लगानी गरेको छ ।
विभागले तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि सरोकारवाला पक्षसँग छलफल गरिरहेको जनाएको छ । एशियाली विकास बैँकको २० करोड ऋणमा निर्माण हुन लागेको उक्त आयोजनाबाट एक लाख २४ हजार १६८ घरपरिवार लाभान्वित हुने विभागले जनाएको छ ।
–


818 पटक हेरिएको 

