२०७४ भित्रै नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय

नुवाकोट : नुवाकोट जिल्लालाई २०७४ साल भित्रै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले नुवाकोटलाई आगामी चैत्र मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

नुवाकोटको साविकका ६१ गाविस र १ नगरपालिका मध्ये ५० गाविस र १ नगरपालिका (विदुर नगरपालिका) ले शतप्रतिशत लक्ष्य हासिल गरिसकेका छन् भने बाँकी ११ गाविस पनि शतप्रतिशत लक्ष्य हासिल गर्ने चरणमा पुगेका छन् । अहिलेसम्म साबिकका ३९ वटा गाविस मात्र खुला दिसामुक्त घोषणा भएका छन् ।

शत प्रतिशत प्रगति हासिल गर्न बाँकी गाउँपालिका र नगरपालिकालाई आवश्यक सहयोग गर्ने उद्देश्यले जिल्ला खानेपान, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आन्तरिक अनुगमनको समेत तयारी गरिसकेको छ ।

साथै सरसफाइ अभियानलाई थप उर्जा प्रदान गर्नका लागि समितिले आगामी २५ गते शुक्रबारका दिन खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका गाउँपालिका तर नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष सहितको वृहत अन्तक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा सम्पूर्ण गाउँपालिका र नगरपालिकाको घोषणा गर्ने मिति समेत तय गरिने डिवासीसीले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार