पी.टी. लोप्चन, इस्लामावाद : दक्षिण एसियाली राष्ट्रहरु (बंगलादेश, भुटान, भारत, अफगानिस्तान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्स) को सरसफाइ सम्मेलन (साकोसान) आजदेखि पाकिस्तानको राजधानी इस्लामावादमा शुरु भएको छ । सम्मेलनको औपचारिक उदघाटन भने भोलि मात्र हुने भएको छ ।

पाकिस्तानको जलवायु परिवर्तन मन्त्री Mushahid Ullah Khan ले सम्मेलनको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

आज अनौपचारिक प्रकारका कार्यक्रमहरु .Urban Sanitation, CLTS Sharing and Learning Workshop, Establishing baselines, targets and trackking progress towards SDG 6.2, mainstreaming menstrual hygiene management (MHM) in south Asia progress, gaps and realities from the group लगायत विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।

सम्मेलनको शुरुवात भोलि विहान पौने ९ बजे होटेल सेरेनामा हुने कार्यक्रम रहेको सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलनको सचिवालयले जनाएको छ ।









सरसफाइको क्षेत्रमा दक्षिण एशियाको गति बढाउने, सरसफाइ क्षेत्रका समस्याहरुको पहिचान गर्ने र रणनीति तयार गर्ने उद्देश्यले दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश, भुटान, भारत, अफगानिस्तान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ८ देशले हरेक दुई दुई बर्षको अन्तरालमा पालैपालो सम्मेलनको आयोजना गर्दै आएको छ । सन् २००३ मा बङ्गलादेशबाट थालनी भएको सम्मेलन को पाँचौं संस्करण नेपालले आयोजना गरेको थियो ।


751 पटक हेरिएको 

