इस्लामावाद : पाकिस्तानको इस्लामावादमा भइरहेको दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान) मा बंगलादेश बाहेक सात वटै राष्ट्रको स्टल स्थापना गरिएको छ । सबै राष्ट्रले अ-आफ्नो स्टललाई आकर्षक एवं जानकारीमूलक बनाउने प्रयत्न गरे पनि नेपालको स्टल अझ जानकारीमूलक र सामग्रीहरुको पर्याप्तता भएको सहभागीले बताएका छन् ।

नेपालको स्टलमा सरसफाइ सम्बन्धी ऐन, कानुन, नीति निर्देशिका राखिएको छ भने जानकारी हासिल गर्न चाहनेलाई ती पुस्तक निशुल्क रुपमा उपलब्ध गराउने गरिएको नेपालको तर्फबाट सम्मेलनमा सहभागी सरसफाइविद नमस्तेलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलन सरसफाइ सम्बन्धी तथ्यांक झल्किने फ्लिप चार्ट निर्माण गरी प्रदर्शन गरिएको छ भने सरसफाइ अभियान सञ्चालन गर्दाका आकर्षक फोटोहरु क्याप्सन सहित टाँस गरिएको छ ।

स्टल घुम्न आउने विभिन्न देशका सहभागीलाई नेपालको तर्फबाट कपडाको झोला समेत वितरण गर्ने गरिएको छ । प्लाष्टिक झोलाको सट्टामा प्रयोग गर्न सकिने यस्तो झोलालाई आफूहरुले समेत अवलम्बन गर्ने बताउँदै खुसी भएर लैजाने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा भाग लिएपनि भारतको स्टल खाली नै रहेको छ भने बंगलादेशले सम्मेलनमा भाग नलिएकाले उसको पनि स्टल खाली नै रहेको छ ।




761 पटक हेरिएको 

