इस्लामावाद घोषणापत्र जारी गर्दै सकियो, सातौं साकोसान

काठमाडौ : पाकिस्तानको राजधानी इस्लामावादमा भइरहेको सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन दश बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सरसफाइको क्षेत्रमा रहेको नीति, निर्देशिकाको पुनरावलोकन गर्ने, महिनावारी स्वच्छतामा ध्यान दिने, खुला दिसामुक्त अभियानलाई दिगोपना दिलाउने, सरसफाइमा राखेको दिगो लक्ष्य प्राप्तिका लागि योजनाबद्ध ढंगले कार्यक्रम अगाडि बढाउने लगायतका बुँदा घोषणा पत्रमा समेटिएका छन् ।

हरेक दुई दुई बर्षको फरकमा दक्षिण एसियाली राष्ट्रहरुले पालैपालो आयोजना गर्दै आएको सम्मेलनको आठौं संस्करण भारतले आयोजना गर्ने भएको छ । आगामी सन् २०२० मा आठौं दक्षिण एसियाली सरसफाइ सम्मेलन भारतले आयोजना गर्ने र सो अवसरमा सिंङगो भारतलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भारतले प्रतिबद्धता जाहेर गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार