नरेश मोहन तामाङ, उदयपुर : बेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडे उदयपुर जिल्लाको तेस्रो पुर्ण सरसफाइ उन्मुख घोषणा भएको छ । बेलका ५ नं. वडामा रहेका १५८९ घरधुरीमा पुर्ण सरसफाइ अभियानको ५ प्लस २ सुचकहरु पुरा गरेपछि बेलका नगर स्तरिय स्वच्छता समितिको अनुगमन प्रमाणीकरणपछि सुपाडेलाई सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समितिको आर्थिक सहायोगमा पेशोक नेपाल र समाजसेवी समुहले गत वर्षबाट बेलका नगरपालिकाको बिभिन्न वडामा खानेपानी आयोजनाहरु निर्माण र पुर्ण सरसफाइ कार्यक्रम वार्ड वास सिसिको अगुवाईमा संञ्चालन गरिरहेको छ ।
पूर्ण सरसफाइ उन्मुख घोषणा कार्यक्रममा वास टिगरर मात्रिका प्रसाद चौधरीले गत बर्ष २०७३ भदौबाट सञ्चालन भएको कार्यक्रमको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि डिवाससीसी अध्यक्ष खड्ग बहादुर परियार (दर्नाल) ले पूर्ण सरसफाइ उन्मुख वडा घोषणा भएको प्रमाणपत्र वडा प्रमुख गोबिन्द बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो । सरसफाइलाई दिगो बनाउन घोषणा कार्यक्रमका अतिथि लगायत सम्पूर्णले प्रतिवद्धता पत्र तयार गरी हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि खड्ग बहादुर परियारले (दर्नाल) ले पुर्ण सरसफाइ घोषणा संगै बेलका ५ नं. वडा अव सम्बृद्धि तर्फ लम्केको हुँदा पुर्ण सरसफाइलाई निरन्तरता दिन वडाबासीलाई अनुरोध गर्नुभयो ।

बिशेष अतिथि बेलका नगर उप–प्रमुख राजकुमारी चौधरीले नयाँ बर्षको आगमन सँगै ग्रिन र क्लिन सिटि बेलका बनाउनलाई आफ्नो टोलमा बोटबिरुवाहरु रोप्न, चर्पीको समुचित प्रयोग र सरसफाइ सम्बन्धी आनीबानीमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
त्यस्तै पेशोकका महासचिव,बिनोद कार्कीले सहयोगी संस्थाहरुले वडाबासीलाई समृद्ध र सरसफाइ उन्मुख वडातर्फ मार्गदर्शन गरी घोषणा सम्म ल्याउन सहयोग गरेको र आगामी दिनहरुमा यसको दिगोपनाको लागि सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।


1184 पटक हेरिएको 

