अछाम : महिनावारी भएको बेला छाउ बारिरहेकी अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी पार्वती बुढाको सर्पले डसेर ज्यान गएको छ । छाउगोठमा सुतिरहेकी १८ बर्षीया बूढाको शनिवार राती सर्पले डसेर ज्यान गएको हो । दायाँ हातको औलामा सर्पले डसेको पार्वतीसँगै छाउगोठमा बसेकी राधिका बुढाले बताउनुभयो । घरबाट तल बेंसीको छाउगोठमा सुतेकी पार्वतीको घरसम्म खबर पुर्याउन ढिलाई हुँदा उपचार अभावमा ज्यान गएको हो ।
महिनावारी शनिबार चार दिन भएको पार्वतीकी दिदी प्रेमकला बुढाले बताउनुभयो । उहाँका अनुसार पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन्।
तुर्माखाँद गाउँपालिका ३ की गौरी बूढाको पनि गत पुसमा कठाग्रिएर ज्यान गएको थियो । छाउठोमा बस्दा २०६३ साल यता १२ बर्षको अवधिमा १३ जना किशोरीले ज्यान गुमाइसकेका छन् ।


1167 पटक हेरिएको 

