यी हुन्, खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्ला

 1609 पटक हेरिएको

काठमाडौं : देशका २० जिल्ला अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी छ । सबै जिल्ला तथा प्रदेशलाई खुृला दिसामुक्त घोषणा गरेपछि राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य सरकारको छ ।

तर अहिलेसम्म खुलादिसामुक्त घोषणा गर्न बाँकी सबैभन्दा बढी क्षेत्र प्रदेश २ ले ओगटेको छ । प्रदेश २ को ८ जिल्ला मध्ये ६ जिल्ला खुलादिसामुक्त घोषणा गर्न बाँकी छ ।

प्रदेश २ मा ६ जिल्ला बाँकी

प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । सबैभन्दा बढी चर्पी बनाउन पनि यही ६ जिल्लामा बाँकी रहेको खानेपानी तथा ढल निकास विभागले जनाएको छ ।

प्रदेश १ मा ५ जिल्ला

प्रदेश १ को झापा, मोरङ, सुनसरी, भोजपुर र सोलुखुम्बु अझै खुला दिसामुक्त घोषणा हुन बाँकी छ । सोलुखुम्बु र भोजपुरको सरसफाइको अवस्था १०० प्रतिशत पुगेपनि घरघरमा सेफ्टिक ट्याङ्क नबन्दा अझै खुला दिसामुक्त घोषणा हुन सकेको छैन ।

प्रदेश ३ मा ६ जिल्ला

देशको राजधानी समेत रहेको प्रदेश ३ को काठमाडौं, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र दोलखालाई खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा हालै रामेछाप र ललितपुरलाई खुलादिसामुक्त घोषणा गरेपनि अन्य जिल्लालाई कहिले खुलादिसामुक्त घोषणा गर्ने हो अझै मिति तय हुन सकेको छैन ।

प्रदेश ५ मा ३ जिल्ला बाँकी

प्रदेश नं। ५ को रुपन्देही, कपिलवस्तु र बाँके मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । प्रदेश नं। ५ को सरसफाइको अवस्था १०० प्रतिशत नजिक पुगेको खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाले जनाएको छ ।

कर्णाली तथा प्रदेश ४ र ७ का सबै जिल्ला खुलादिसामुक्त

पछिल्लो पटक खुला दिसामुक्त घोषणा भएको जिल्ला हो, कर्णाली प्रदेशको मुगु । मुगु खुला दिसामुक्त घोषणा भएसँगै सिङ्गो कर्णाली प्रदेशका सबै जिल्ला खुला दिसामुक्त घोषणा भएको छ । प्रदेश नं. ४ र ७ तथा कर्णाली प्रदेशका सबै जिल्ला खुलादिसामुक्त भएपनि प्रदेशलाई नै खुला दिसामुक्त घोषणा गर्न भने बाँकी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार