महिनावारीको विषयमा कार्यशाला मात्र होइन, अब कदम उठाइने

 1057 पटक हेरिएको

काठमाडौं : खानेपानी मन्त्रालयले महिनावारी स्वच्छताको विषयलाई अब कार्यशालामा मात्र सिमित नराखी कार्य सञ्चालनमै लैजाने भएको छ । खानेपानी मन्त्री विना मगरको अध्यक्षतामा शुक्रबार खानेपानी मन्त्रालयमा भएको छलफलमा राजधानीमा महिनावारी स्वच्छता सम्बन्धी कार्यशाला भईरहँदा अछाममा छाउगोठमा बालिकाको ज्यान गइरहेकाले महिनावारी स्वच्छताको विषयलाई कार्यशाला गोष्ठीमा मात्र सीमित नराख्ने भएको हो ।

मन्त्रालयले महिनावारी स्वच्छताको क्षेत्रमा कार्यरत संघसंस्था र सरकारले छाउपडी निराकरण र तराई मधेसमा महिनावारी स्वच्छताको बिषयमा के गर्न सकिन्छ ? त्यसको बजेट सहितको कार्ययोजना तयार पारी महिनावारी स्वच्छताको क्षेत्रमा व्यापक कार्यक्रम सञ्चालन गर्ने WSSCC जेनेभाका नेपाल प्रतिनिधि गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

‘यसका कुन संस्थाले के कति योगदान दिन सक्छन् ? क्रियाकलाप र बजेट सहितको खाका मन्त्रालयमा बुझाउनेछ’ श्रेष्ठले भन्नुभयो ।
महिनावारी स्वच्छता सम्बन्धी कार्ययोजना निर्माणका लागि आइतबार फेरि खानेपानी मन्त्रालयमा महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका सदस्यहरु सहितको छलफल हुँदैछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार