बाँके : प्रदेश ५ को बाँके जिल्लालाई यही असार २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भएको छ । बाँकेका ९४ हजार ५ सय ३४ घरमै चर्पी बनाएर आठ वटै स्थानीय तह खुला दिसामुक्त भइसकेकाले खुला दिसामुक्त घोषणा गर्न लागेको हो । सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा सिद्धार्थ कटेजको सभाहलमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने कार्यक्रम तय भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव राजकुमार चौधरीले जानकारी दिनुभयो ।
बाँकेलाई खुला दिसामुक्त घोषणा गर्न सरोकारवाला सबैलाई पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो ।
यसअघि ५६ वटा जिल्ला खुलादिसामुक्त घोषणा भइसकेका छन् । बाँकेलाई खुला दिसामुक्त घोषणा गरेपछि प्रदेश नं. ५ मा खुला दिसामुक्त घोषणा गर्न रुपन्देही र कपिलवस्तु मात्र बाँकी रहनेछ ।


1673 पटक हेरिएको 

