काठमाडौ : यसबर्षको फेडवासन वास पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । फेडवासनको १६ औं स्थापना दिवसको अवसर पारी टेलिभिजन विधाबाट बैतडीका सगरमाथा टेलिभिजनका सम्बाददाता नरी बडु, रेडियो विधाबाट रेडियो सगरमाथाकी उर्वसी बस्नेत, पत्रिका तर्फ कालिकोटका कान्तिपुर सम्बाददाता तुलाराम पाण्डे र अनलाइन तर्फ अनलाइन केन्द्रका राज ढुंगानालाई पुरस्कृत गरिएको हो ।
बैतडीका पत्रकार बडुलाई बैतडी खुला दिसामुक्त घोषणा भएपनि यथार्थमा अझै खुला ठाउँमा दिसापिसाब भईरहेको त्यहाँ पानीको अभाव, चेतनाको कमी रहेको खबरले पुरस्कार दिलाएको हो ।

बैतडीका सगरमाथा टेलिभिजनका सम्बाददाता नरी बडु, पुरस्कार ग्रहण गरेपछि ।
रेडियो सगरमाथाकी उर्वसी बस्नेतले पानीको शुद्धिकरण तथा खाद्य स्वच्छताको विषयमा गरिएको रेडियो कार्यक्रमले पुरस्कृत हुन सफल हुनुभएको हो ।

अनलाइन केन्द्रका राज ढुंगानाले धादिङको धुनीबेसी नगरपालिका तोप्लाङ र नौबिसेमा अझै खानेपानीको समस्या रहेको खबर प्रकाशन गर्नुभएको थियो ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, पत्रकार राज ढुंगानालाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै
देशभरबाट आएका आवेदकहरु मध्येबाट छनोट समितिको सिफारीसको आधारमा चार जनालाई छनौट गरिएको हो । पुरस्कृत पत्रकार छनौटका लागि सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष सुवास खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
खानेपानी तथा सरसफाइ उपभोक्त महासंघ (फेडवासन) ले पत्रकारिताको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा योगदान पु-याउदै आएका पत्रकार मध्ये टेलिभिजन, रेडियो र पत्रिकाबाट एक/एक जना गरी तीन जना पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको छ । यसबर्ष अनलाइन तर्फ पनि एक जना पत्रकार थप गरी ४ जनालाई पुरस्कृत गरेको हो ।


3495 पटक हेरिएको 

