सुर्खेत : तिहारको पाँचौं तथा अन्तिम दिन, आजसबैतिर तिहारको झिलीमिली छ । तिहारमा खेलिने देउसी भैली र दिईने आशिषमा पनि फरकपना आएको छ । सुर्खेतमा संस्कृति संरक्षण र सरसफाइ प्रबर्दनको सन्देश दिन थालिएको छ ।
कर्णाली प्रदेश भाषा, संस्कृति, कला, साहित्यको उद्गमस्थल हुँदा पनि यसको इतिहास ओझेलमा पर्न थालेको प्रति चासो देखाउँदै संस्कृति र स्रष्टा संरक्षणको सन्देश दिएर देउसी भैली खेलिएको छ ।
“हाम्रो देउसी भैलीमा हामीले यहाँका घरबेटीलाई डोको उपहार दिएर उनीहरुबाट सगुन लिएका छौँ”, चपाईले भन्नुभयो, “उनीहरुले डोकोमा फोहोर सङ्कलन गरी उचित व्यवस्थापन गरुन् । जसबाट सफा र सुन्दर नगर निर्माणमा सहयोग पुगोस् ।”
संस्कृतिको धनी कर्णालीमा समेत बाह्य संस्कृति आयात हुन थालेपछि यहाँको मौलिक संस्कृति झल्काउने देउसी भैली खेलेर संस्कृति संरक्षण र सरसफाइ प्रबर्दन अभियान थालिएको सम्पदा मल्टिप्रपोज प्रालि कालिकोटका प्रबन्ध निर्देशक दुर्गाप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
“हामी संस्कृति, मौलिकता र स्रष्टा संरक्षणको अभियान थालेका छौँ”, प्रबन्ध निर्देशक काफ्लेले भन्नुभयो, “यसको संरक्षण मात्र नभई उजागर पनि गर्छौं ।”
प्रालिले मध्य तथा सुदूर पश्चिमेली देउडा, लोकभाका, लोक सांस्कृतिक नाच, हुड्के नाचलाई देउसी भैलीमा प्रस्तुत गरिरहेको छ । नृत्यका साथै कर्णाली प्रदेशका प्रचलित भाका, लय, ताल र मौलिक शैलीका गीत सङ्गीतलाई समेत देउसीमा समावेश गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक घरबेटीलाई देउसी भैलीबाटै आफ्नो घर आँगन स्वच्छ, सफा र सुन्दर राखी सभ्य नागरिकको परिचय दिन सन्देश प्रवाह गरिएको छ । वीरेन्द्रनगरलाई ‘प्लास्टिकरहित शहर, हरित नगर’ निर्माणमा सहयोग पु-याउने उद्देश्यका साथ यो अभियान थालिएको गो ग्रिन, गो क्लिन का अभियन्ता प्रतिमा चपाईले बताउनुभयो ।
“हाम्रो देउसी भैलीमा हामीले यहाँका घरबेटीलाई डोको उपहार दिएर उनीहरुबाट सगुन लिएका छौँ”, चपाईले भन्नुभयो, “उनीहरुले डोकोमा फोहोर सङ्कलन गरी उचित व्यवस्थापन गरुन् । जसबाट सफा र सुन्दर नगर निर्माणमा सहयोग पुगोस् ।” देउसी भैलीबाट प्राप्त गरेको सगुन सफा, सुन्दर र हरियाली शहर निर्माणमा खर्च गर्ने उहाँको भनाइ छ ।
यो वर्षमा नव युवापिँढीले देउसी भैलीबाट सिर्जनशील काम गर्दा निकै खुशी लागेको कर्णालीका सामाजिक अभियन्ता दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।


1270 पटक हेरिएको 

