शौचालय गएपछि हात धुनेमा महिला कि पुरुष बढी ?

🔗
13
Shares

काठमाडौ : शौचालय गएपछि हात धुनेमा महिला कि पुरुष बढी हुँदो हो ? कहिलेकाहीं यस्तै प्रश्न तपाई हाम्रो मनमा उब्जिन्छ नै । तपाईलाई थाहा छ ? महिलाहरु पुरुषको तुलनामा बढी चिटिक्क परेर हिंडे पनि शौचालय प्रयोग गरेपछि हात धुनेमा कुरामा पुरुष अघि छन् ।

काठमाडौंको रत्नपार्कमा भएका सार्वजनिक शौचालय प्रयोग गर्ने प्रयोगकर्ताहरुमा गरिएको एक अध्ययनले १७ प्रतिशत महिला र २६ प्रतिशत पुरुषले मात्र शौचालयको प्रयोग गरेपछि हात धुने गरेको तथ्य भेटिएको हो ।

खानेपानी र सरसफाइका क्षेत्रमा काम गरिरहेको गैर सरकारी संस्था गुठीले गरेको एक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो । गएको साउन महिनामा रत्नपार्कको शौचालय प्रयोग गर्ने २०० जना पुरुष र २०० जना महिलामा सर्वेक्षण गरिएको थियो ।

गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य भन्नुहुन्छ ‘सर्वेक्षणले पुरुषमा भन्दा महिलामा हात धुने बानी कम रहेको देखियो ।’

बंशीघाटका ८४ प्रतिशत महिला तथा बालबालिकाले पिसाव फेरेपछि हात धुन्छन्

काठमाडौंको अव्यवस्थित बस्तीका रुपमा रहेको बंशी घाटमा बस्ने ५० जना बालबालिका र ५१ जना महिलामा गरिएको अध्ययनले १ पटकदेखि १५ पटकसम्म हात धुने गरेको भेटिएको छ । यीमध्ये ९५।७५ प्रतिशतले साबुन पानीले र ४।२५ प्रतिशत सहभागीले पानीले मात्र हात धुने गरेको बताएका थिए ।

हात धुने मध्ये ९१ प्रतिशतले खाना खानु अघि र पछि हात धुने गरेको बताए भने ८४ प्रतिशतले पिसाव फेरेपछि र ९० प्रतिशतले दिशा गरेपछि हात धुने गरेको बताएका थिए ।

जनावरसँगको सम्पर्कपछि हात धुनेको प्रतिशत ३० छ भने बाहिर गएर घर फर्किने वित्तिकै हात धुने ९ प्रतिशत देखिएको छ ।

यीमध्ये १६।८ प्रतिशत व्यक्ति साबुन पानीले हात धोए सरुवा रोगबाट बच्न सकिन्छ भन्नेमा सचेत छैनन् । ६९।३ प्रतिशत हात धोए संक्रमणबाट बच्न सकिन्छ भन्नेमा सचेत छन् तर ती मध्ये पनि ५।९ प्रतिशतलाई मात्र हात धुनु भनेको झाडा पखाला रोक्नु हो भन्ने र १२।८ प्रतिशतलाई मात्र निमोनियाबाट बच्न पनि हात धुन पर्छ भन्ने थाहा छ । सर्वेक्षणमा सहभागीमध्ये ४६।५ प्रतिशतलाई मात्र राम्ररी हात धुने विधि थाहा भएको देखिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार