बाँकेमा “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता

शिक्षा कंडेल प्रथम

  भीष्म लोध  1531 पटक हेरिएको

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नं.३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा कंडेल प्रथम भएकी छन ।

 

“वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ६ कक्षामा अध्ययनरत शिक्षाले आठ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुन सफल भएकी हुन ।

बिद्यालयको सहकार्य, बाल क्लबको संयोजन, प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको आयोजनामा भएको सो प्रतियोगितामा कक्षा १० मा अध्ययनरत नसिबुल निषा दोस्रो, कक्षा ९ अध्ययनरत तेज बिक्रम डाँगी तृतिय र कक्षा ७ मा अध्ययनरत साहेआलम सान्तवना हुन सफल भएका छन ।

बिद्यालयमा संचालन बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुको क्षमता बृद्धिमा सहयोग पु-याउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको गेरुवका स्वास्थ्य कार्यक्रम अधिकृत चुडामणि बिएमले जानकारी दिनुभयो ।

बाल क्लबकी सचिव दिक्षा ढकालकोे सभापतित्वमा भएको प्रतियोगिताको निर्णायकको भूमिका शिक्षक बिष्णु पौडेल, शुदर्शन शर्मा, निर्मला रोका मगरले निर्वाह गर्नुभएको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव लक्ष्मण कंडेलले बताउनुभयो । बिजयी बिद्यार्थीहरुलाई कपि, ज्यामिति, डटपेन, पेन्सिल पुरस्कारका रुपमा प्रदान गरिएको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार