मेलम्चीबाट नाजायज फाइदा लिन कसैलाई दिन्न : मन्त्री मगर (भिडियो)

 1295 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्री विना मगरले सरकार मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्न संयमित ढंगले अघि बढेको बताउनु भएको छ । सफलताको मुखैमा आईपुगेको मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधानका लागि कानुनका ज्ञाता तथा विज्ञहरुसँग परामर्श गरिरहेको उहाँले बताउनुभयो ।

वास मिडिया फोरम, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै आयोजनाको काम सम्पन्न गर्न तयार रहेको बताउनुभयो । यसका लागि कम्पनीले विस्वासको वातावरण तयार गर्नुपर्ने उहाँको भनाई थियो ।
हेर्नुहोस् यो भिडियो :

https://www.youtube.com/watch?v=S7XSXZTKi5E&feature=youtu.be

सिएएमसी कम्पनीको अविश्वासका कारण आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको मन्त्री मगरको तर्क छ ।

‘मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित छ’ उहाँले भन्नुभयो ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाइदा लिन कसैलाई नदिइने दृढता व्यक्त गर्नुभयो । इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ले बजेट अपुग हुने भन्दै आयोजनाको काम पूरा गर्ने दायित्वबाट पछि हटन थालेपछि मन्त्री मगरले कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठाउनुभएको हो ।


ठेकेदार कम्पनीले सरकारलाई जानकारी नै नदिई ठेक्का अलपत्र आफ्नो देश फर्किन लागेपछि मन्त्रालयले कम्पनीका पदाधिकारीलाई देश फर्किन नदिई नियमित बैठक तथा परामर्श गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार