इलाम २८ जेठ । इलामको रोङ गाउँपालिका स्थित सुन्दर सामुदायिक वनले उपभोक्तालाई बायोग्याँस निर्माण गरिदिएको छ । वातावरण संरक्षणका लागि सघाउने पुगोस् भन्ने हेतुले १८ वटा वायोग्याँस प्लान्ट निर्माण गरिएको समूहका सचिव दुर्गा नेम्बाङले बताउनुभयो ।
आर्थिक वर्ष २०७३/०७४ को गरिबी न्यूनिकरण कार्यक्रम अनुसार सरकारको पाँच लाख ४० हजार अनुदान र सामुदायिक वन उपभोक्ता समितिको छ लाख ३० हजार गरी ११ लाख ७० हजार रूपैयाँको लागतमा १८ वटा बायोग्याँस प्लान्ट निर्माण गरिएको सचिव नेम्बाङले बताउनुभयो ।
सिद्धकाली गोबरग्याँस कम्पनीको प्राविधिक सहयोगमा बायोग्याँस निर्माण गरिएको हो । बायोग्याँस प्लान्टको क्षमता छ घन मिटर रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बलबहादुर तामाङले बताउनुभयो । ‘वातावरण संरक्षणका लागि बायोग्याँसले ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं’ अध्यक्ष तामाङले भन्नुभयो ।
पहाडी जिल्लामा इन्धनका लागि दाउरामा मात्र भर पर्नु पर्दा बन फडानी बढ्दो छ । यसबाट बढ्दो वन विनाश कम हुने जिल्ला वन कार्यालय इलामका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो ।


520 पटक हेरिएको 

