मेलम्चीको सुरुङ खन्न अब २ किलोमिटर बाँकी

काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब २ किलोमिटर बाँकी रहेको छ । मेलम्चीको साढे २७ किलोमिटर सुरुङ मध्ये साढे २५ किलोमिटर सुरुङ खनिसकेको र अब २ किलोमिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन महिनामा ४ सय १० मिटर सुरुङ खनिएको छ । कर्मचारी आन्दोलनका दुई तीन दिन काम अवरुद्ध हुँदा केही काम प्रभावित भएको आयोजनाले जनाएको छ । अहिले दैनिक १४ देखि १६ मिटरको दरले सुरुङ खनिरहेको छ । यही गतिमा सुरुङ खन्दा बाँकी सुरुङ खन्न अझै साढे चार महिना समय लाग्नेछ ।

यसअघि दशैभित्र मेलम्चीको पानी काठमाडौमा ल्याउने बताएको सरकारले फेरि पुस सम्ममा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ । केही दिन अघि मात्र प्रधानमन्त्री शेर बहादुर देउवा सहितको टोलीले मेलम्चीको अनुगमन गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार