खानेपानी शुद्धीकरण गर्न बाढी प्रभावित जिल्लामा ५ लाख खर्चन डिभिजन कार्यालयहरुलाई अख्तियारी ( विज्ञप्तीको पूर्ण पाठ सहित)

काठमाडौ : बाढी प्रभावित जिल्लाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुलाई खानेपानी शुद्धीकरण तथा स्वच्छता कायम गर्नका लागि सहयोग स्वरुप ५ लाखका दरले खर्च गर्ने अख्तियारी दिएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवद्धारा विज्ञप्ती जारी गर्दै खानेपानी तथा ढल निकास विभागले डिभिजन कार्यालयहरुलाई ५ लाख रुपैयाँ खर्च गर्न अख्तियारी दिएको जनाइएको हो । 

बाढी प्रभावित जिल्लामा केन्द्रबाट १८ जना इन्जिनियरहरु प्रत्येक जिल्लामा खटाइसकेको र पानी परिक्षण गर्नको लागि Water Disinfactant सहितका सामग्री बोकी Water Testing Van प्रभावित जिल्लालाई सेवा पु-याउन परिचालित भइसकेको जारी विज्ञप्तीमा उल्लेख छ । स्यालो ट्यूबेलहरुको शुद्धीकरण कार्य गर्न जिल्लामा रहेका प्राविधिक तथा स्वयंसेवकहरुलाई अनुशिक्षण गरी फिल्डमा खटाइएको र शहरी क्षेत्रमा खानेपानीको सेवा सुचारु भइसकेको मन्त्रालयले जनाएको छ ।

२० हजार स्यालो ट्यूबेल प्रदुषित

मन्त्रालयले बाढी प्रभावित तराइका जिल्लामा झण्डै २० हजार स्यालो ट्यूबेल प्रदुषित बनेको र विभिन्न खानेपानी आयोजनामा आंशिक क्षति पुगेको र विवरण संकलन हुने क्रममा रहेको जनाएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘पानी जमेका कारण अधिकांश शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन् । जोखिम पूर्ण जनस्वास्थ्य र वातावरणीय सरसफाइको अवस्था बीच प्रभावित समुदायको दैनिक जीवनयापन कष्टकर बन्न पुगेकोमा पानीको प्रवाह घट्दै जाँदा उक्त अवस्थामा क्रमिक सुधार आउदै गरेको छ । यस घडीमा रोग व्याधिबाट बच्न हरेक व्यक्तिले सुरक्षित पानीको प्रयोग र स्वस्थकर बानी व्यहोरा अबलम्बन गर्नु अत्यन्त जरुरी देखिन्छ ।’

हेर्नुहोस् विज्ञप्तीको पूर्ण पाठ


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार