खानेपानी तथा सरसफाइ ऐन चाँडै संसदमा पेश हुने

काठमाडौ : खानेपानी तथा सरसफाइ ऐन केही दिनमै संसदमा पेश गरिने भएको छ । ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र विधेयकको रुपमा केही दिनमै संसदमा लगिने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले जानकारी दिनुभयो ।

‘खानेपानी तथा सरसफाइ ऐनको मस्यौदा तयार भइसकेको छ, अब यसलाई प्रक्रियागत ढंगबाट अगाडि बढाउँदैछौं, अब चाँडै विधेयकका रुपमा संसदमा लगिनेछ’ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको पन्ध्रौ स्थापना दिवसको अवसरमा बोल्दै सचिव उपाध्यायले भन्नुभयो ।

त्यसअघि खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी तथा सरसफाइ क्षेत्रमा ५० वटा भन्दा बढी नीति, निर्देशिका भएकाले त्यसको सट्टामा छुट्टै ऐन ल्याउन आफूहरुले विगतमा सरकारलाई सल्लाह सुझाव दिएको र अहिलेको अवस्था के छ ? भनेर जिज्ञासा राख्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार