लाखौ रुपैयाँमा निर्मित शौचालय प्रयोगविहीन, दिसापिसाब गर्न जंगलमा

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका – ६ पाटादेबलमा सञ्चालित खापरेश्वर प्राथमिक विद्यालयले लाखौं रुपैयाँमा निर्माण गरिएको शौचालय बन्द गरेर राखिएको छ । विद्यालयमा पानीको व्यवस्था नहुँदा शौचालय प्रयोगविहीन भएको शिक्षकहरु बताउँछन् ।

शिक्षक र विद्यार्थीको लागि छुट्टाछुट्टै शौचालय बनाए पनि निर्माण सम्पन्न भएको बर्षदिन भइसक्दा समेत प्रयोग नगरिएको पाटादेवलका बिक्रम सिंहले बताउनुभयो ।

विद्यालयको शौचालय बन्द हुँदा विद्यार्थीहरु दिसापिसाब गर्न जंगलतिर जाने गरेका छन् । ‘विद्यालयमा पानी छैन, शौचालय निर्माण भएको एक वर्ष भयो, कहिल्यै खुल्ने होइन, विद्यार्थीका लागि बनाएको शौचालय मात्र होइन, शिक्षकका लागि बनाएको शौचालय पनि प्रयोगविहीन छ’ एक विद्यार्थीले भने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार