५ घण्टामा ९ मेट्रिक टन फोहोर संकलन

काठमाडौं : हिजो विहीबार र आज विहान गरी ५ घण्टाको अवधिमा काठमाडौ महानगरपालिकाको मुख्य सडकबाट ९ मेट्रिक टन फोहोर संकलन गरिएको छ ।

काठमाडौ महानगरपालिकाको कार्यालय बागदरबार देखि सुन्धारा छिर्ने चोकसम्म र न्युरोड प्रवेद्धारा देखि जुद्ध शालिक सम्मको मुख्य सडक सफाइबाट ती फोहोर संकलन गरिएको महानगरको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो ।

सफाइ गरिएको ठाउँमा व्यापारी तथा व्यवसायी र पैदल यात्रीले फ्याँकेको फोहोरको मात्रा धेरै भेटिएको सफाइका सहभागीले बताएका छन् । सफाइमा वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाबाट ६५ जनाको टोली परिचालन गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार