यसरी बनाइन्छ, घरमै सेनेटरी प्याड

कालिकोट : कालिकोटको पलाँता गाउँका किशोरीहरु आफैले सेनेटरी प्याड बनाउन थालेका छन् । स्थानीय तहमै सेनेटरी प्याड उत्पादन सम्बन्धी तालिम पाएपछि किशोरी आफैले सेनेटरी प्याड बनाउन थालेका हुन् ।

 

घरमै सेनेटरी प्याड बनाउँदै कालिकोट पलाँताका किशोरीहरु

महिनावारी भएका बेला सेनेटरी प्याडको प्रयोग गरी सम्भावित रोगहरुबाट बच्न सकुन् भन्ने उद्देश्यले किशोरीहरुलाई गाउँमै सेनेटरी प्याड निर्माण गर्न सिकाइएको दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सहयोग परियोजनाकी सुपरभाइजर पुष्पा घर्ती मगरले बताउनुभयो ।

आफैले सेनेटरी प्याड बनाउन थालेपछि पहिले जस्तो कपडाको टुक्रा प्रयोग गर्नुपर्ने बाध्यता हटेको र प्रयोग गर्न पनि सजिलो भएको सेनेटरी प्याड बनाउदै गरेकी ऐजना कुमारी बमले बताउनुभयो ।

सेनेटरी प्याड गाउँघरमा सजिलै नपाइने, बढी महँगो हुने जस्ता कारणले गाउँघरको महिलाको पहुँचमा थिएन । घरमै उपलब्ध हुने सफा कपडाको प्रयोग गरी आफैले सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेपछि सजिलो र सफाइमा पनि सघाउ पुगेको ऐजना कुमारीले बताउनुभयो ।

स्थानीय तहमा महिनावारी स्वच्छता प्रवद्र्धन गरी छाउपडी प्रथालाइ अन्त्य गर्न टेवा पुर्याउने हेतुले सेनेटरी प्याड बनाउन सहजीकरण गरिरहेको किर्डाक नेपालका कार्यक्रम अधिकृत धन बहादुर केसीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार