विराटनगर : विराटनगर महानगरपालिकाले शहरलाई सफा र स्वच्छ बनाउन आजदेखि सफा नगर अभियान शुरु गरेको छ । विराटनगरको वी प्लटमा सफाइ कार्यक्रमको आयोजना गरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सफा नगर अभियानको आरम्भ गर्नुभयो ।
विराटनगर महानगरपालिकालाई सफा शहरका रुपमा विकास गर्न सफा नगर अभियान शुरु गरिएको हो । सफ नगर अभियानमा युथ नेपाल, नेपलिज टिन्स, दाह्री समूह, विङ नेपाली लगायत संस्थाले सहभागिता जनाएका थिए । सफा नगर अभियानमा नगर प्रमुख पराजुलीले सडकका पेटी, सडकको दायाँबायाँ रहेको फोहोर, पानपराग गुट्खा तथा कागज र प्लाष्टिकजन्य फोहोर सफा गर्नुभएको थियो ।
आगामी दिनमा ५० भन्दा बढी संघ संस्थालाई सामेल गराएर सफा नगर अभियान सञ्चालन गरी विराटनगर महानगरपालिकालाई सफा नगर बनाउने लक्ष्य रहेको नगर प्रमुख पराजुलीले बताउनुभयो । विराटनगर महानगरपालिकामा हाल दैनिक सय टन फोहोर उत्पादन हुँदै आएको छ ।