शौच गर्न गएकी बालिका मृत अवस्थामा

भैरहवा : शौच गर्न घरबाट निस्किएकी एक बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार राती शौच गर्न घरबाट निस्किएकी रुपन्देही ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतक बालिकाको मुख र खुट्टामा चोट लागेको छ । राती ९ बजे शौच गर्न घर बाहिर गएकी हरिजन नफर्किएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।

हरिजनको खोजतलासका क्रममा घरबाट डेढ किलोमिटर टाढा खेतमा शव भेटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

मृतकको गुप्तांगबाट रगत निस्किएकाले बलात्कार पछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । बलात्कार भएको हो वा होइन भन्ने रिपोर्ट आइ नसकेको डिएसपी पाण्डेले जानकारी दिनुभयो । हत्याको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार