चर्पी नभएको घर भेटिए सूचना दिन डिवाससीसीको आग्रह

🔗
4
Shares

ललितपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति ललितपुरले चर्पी नभएको घर भेटिए सूचना दिन अनुरोध गरेको छ । समितिले एक दैनिक पत्रिकामा सूचना निकालेर खुला ठाउँमा दिसा गर्ने र चर्पी नभएको घर भेटिए सूचना दिन सार्वजनिक आव्हान गरेको हो ।

‘ललितपुर जिल्ला भित्र शौचालय नभएका घर तथा सार्वजनिक रुपमा खुला दिसा गरिएको भेटिएमा सम्बन्धित स्थानीय तहहरुको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय वा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको छ ।

ललितपुरलाई चाँडै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको छ । डिवाससीसी ललितपुरका अनुसार जिल्लाका सबै घर तथा सार्वजनिक स्थलमा चर्पी निर्माण भइसकेका छन् । 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार