पम्पिङ सिस्टमको खानेपानी समुदायमा हस्तान्तरण

सर्लाही : सर्लाहीको कालिन्जोर खानेपानी योजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । अक्स्फामको आर्थिक तथा वाग्मती सेवा समाजको प्राविधिक सहयोगमा वास परियोजना अन्तर्गत निर्मित खानेपानी योजना जिल्ला खानेपानी कार्यालयका इन्जिनियर शिव शंकर रौनियार, वडा प्रमुख नागेन्द्र पाख्रीन लगायतको उपस्थितिमा विहीबार समुदायलाई हस्तान्तरण गरिएको हो ।

८२ लाख २३ हजार ३ सय ९५ रुपैयाँमा सम्पन्न योजनाबाट बाके नदीको पानीलाई पम्पिङ गरी कालिन्जोरका ७ सय घर परिवारलाई वितरण गरिएको छ ।

 

पम्पिङ सिस्टममा आधारित खानेपानीको आरबीटी निर्माणका लागि ४८ लाख ६४ हजार ८४१ रुपैयाँ, २५ केभीए को विद्युतीकरणका लागि १६ लाख रुपैयाँ, समुदायको ४ लाख ९३ हजार ३९६ रुपैयाँ र सचेतना तथा तालिमका लागि १२ लाख ६५ हजार १५८ रुपैयाँ लगानी भएको वाग्मती सेवा समाजले जनाएको छ ।

परियोजना अन्तर्गत चार बर्ष देखि बन्द रहेका ३ वटा ट्याङ्की समेत मर्मत सम्भार गरी सन्चालनमा ल्याएको छ । लुथरन वल्र्ड सर्भिसले निर्माण गरी सञ्चालनमा नरहेका ट्याङ्की सञ्चालनमा ल्याएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार