राष्ट्रिय सरसफाइ सप्ताह आज सकिदै

ललितपुर र रामेछाप खुला दिसामुक्त घोषणा

काठमाडौं : राष्ट्रिय सरसफाइ सप्ताह आज सकिदैछ । हप्ताभरि सरसफाइ सम्बन्धी विविध कार्यक्रमहरुको आयोजना गरी सरसफाइ सप्ताह मनाइएको हो । दिवसकै अवसर पारी ललितपुर र रामेछापलाई खुला दिसामुक्त घोषणा गरिएको छ । सप्ताह गत २२ गतेदेखि शुरु भएको हो ।

यस्तै भक्तपुर चेतनामूलक सरसफाइ -याली तथा चित्रपुर नमुना समुदाय स्तरिय विभिन्न कार्यक्रममको आयोजना गरी सरसफाइ सप्ताहको समापन गरिएको छ ।

प्रदेश सभा सदस्य  शशि जंग थापाको प्रमुख आतिथ्यमा सप्ताहको समापन गरिएको हो । कार्यक्रममा यु.एन.हेभिटेटका वास अफिसर यशोदा श्रेष्ठ, जिल्ला संयोजक पार्वती दंगाल, गैर सरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, युवा कृयाकलाप समाज (सोया) का अध्यक्ष राध्यश्याम दुवाल,कार्यकारी निर्देशक पहलमान श्रेष्ठ, नेप्सेम्याक सेवा प्रा.लि.काभक्तपुर शाखा प्रमुख बाबुराम चौलागाई, फूलबारी सेवा प्रा.लि.का प्रतिनिधी लगायत स्वास्थ्यचौकी, बिद्यालय, सहकारी, स्थानिय संघ संस्था, पत्रकार, बुद्धिजीवी तथा स्थानिय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

स्थानिय चित्रपुर नमुना समुदायको बासुरी बाधक युवाहरुको बासुरीको धुन संगै शुरु भएको सरसफाइ -याली दधिकोट स्थित कृषि भवनबाट शुरु भई चित्रपुर गणेश मन्दिरको प्राङ्गणमा पुगेर औपचारिक कार्यक्रममा रुपान्तरण भएको थियो । चित्रपुर नमुना समुदायका संयोजकतथा वडा सदस्यश्री देवलाल राजथलाले जि.एस.एफ यु.एन हेभिटेटको सहयोग तथा युवा कृयाकलाप समाज (सोया) को प्राबिधिक सहयोगमा चित्रपुर नमुना समुदायका १२७ घरधुरीमा सञ्चालनमा रहेको पूर्ण सरसफाइको विभिन्न गतिबिधीहरु प्रस्तुत गर्नुभयो ।

यस्तै नेप्सेम्याक सेवा प्रा.लि.का बाबुराम चौलागाई, यु.एन.हेभिटेटका जिल्ला संयोजक पार्वती दंगाल, युवा कृयाकलाप समाज (सोया) का कार्यकारी निर्देशक पहलमान श्रेष्ठले सरसफाइको महत्वको बिषयमा धारणा राख्नु भएको थियो ।

पूर्ण सरसफाइको सूचकहरु पालना गर्ने क्रममा चित्रपुर अगाडि बढिरहेको र पहिलाको तुलनामा सरसफाइको क्षेत्रमा सुधार भएको धारणा राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य शशि जंग थापाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरु भनेको नेपाल सरकारले लिईएको लक्ष्य तथा बिकास निर्माणमा सहयोग गर्ने सहयोगी हातहरु भएको बताउनुभयो ।

वडा प्रमुख तथा वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष उत्तम थापाले वडा स्तरमा सञ्चालित पूर्ण सरसफाइका विभिन्न गतिविधिहरु प्रस्तुत गर्दै चित्रपुर जस्तै अन्य वडा भित्र रहेका समुदायलाई पनि पूर्ण सरसफाइको नमुना समुदायको रुपमा बिकास गर्ने बताउनुभयो । उहाँले वडा नं. ४ ले २०७६ सालभित्र पूर्ण सरसफाइको पहिलो चरण सफा र स्वच्छ चरण घोषणा गर्ने लक्ष्य लिइएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार