विराटनगर : विराटनगर महानगरपालिकालाई ग्रीन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्बेज इलोक्ट्रोनिक टिपर हस्तान्तरण गरेको छ ।
महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई संयुक्त रुपमा ग्रीन मोटरका सञ्चालक आशिस जाजुले आज साँचो तथा टिपर हस्तान्तरण गर्नुभयो ।
नगरका साना गल्लीमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरलाई टिपर हस्तान्तरण गरिएको सञ्चालक जाजुले बताउनुभयो । चार सय किलो फोहर उठाउन सक्ने उक्त टिपरको मूल्य रु पाँच लाख २५ हजार रहेको बताइएको छ ।