खुला दिसामुक्त घोषणा गर्न बाँकी ६ जिल्लाका सबै घरमा शौचालय

काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी २० जिल्ला मध्ये सोलुखुम्बु, दोलखा, सुनसरी, भोजपुर, बाँके र रुपन्देही गरी ६ जिल्लाको पनि सबै घरमा शौचालय बनेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुले जनाए अनुसार ती जिल्ला खुला दिसामुक्त घोषणा गर्ने चरणमा पुगेका छन् ।

कुन जिल्लामा कति शौचालय बने ?

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार जिल्लामा जत्ति घरधुरी छन् ती सबै घरधुरीमा शौचालय निर्माण भइसकेका छन् ।

सुनसरी – १ लाख ६२ हजार ४ सय ४ घर

भोजपुर – ३९ हजार ३ सय ९३ घर

सोलुखुम्बु – २३ हजार ७ सय ५८ घर

दोलखा – ४५ हजार ६ सय ८८ घर

बाँके – ९४ हजार ५ सय ३४ घर

रुपन्देही-  १ लाख ६३ हजार ४ सय ५३ घर


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार