पिपलसारे बन्यो पहिलो पुर्ण सरसफाइ उन्मुख टोल

🔗
10
Shares

सुर्खेत : सुर्खेतको बराहाताल गाउँपालिका – ९ पिपलसारे टोललाई सफा, स्वच्छ तथा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । टोलमा रहेका ४३ वटै घरपरिवारले स्वच्छ तथा पूर्ण सरसफाइ उन्मुख टोलका लागि आवश्यक सूचकहरु पूरा गरेपछि शनिबार पिपलसारेलाई सफा, स्वच्छ तथा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । घोषणासँगै पिपलसारे टोल बराहाताल गाउँपालिकाकै पहिलो सफा, स्वच्छ तथा पुर्ण सरसफाइ उन्मुख टोल भएको छ ।

पिपलसारेमा सुआहारा दोस्रो चरण कार्यक्रमको आर्थिक र प्राविधिक सहयोगमा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

पुर्ण सरसफाइ सम्बन्धी मुख्य ६ सुचकको अवस्था हासिल भएपछि पिपलसारेलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको वडा नं ९ का अध्यक्ष एवं खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष झक्कड बहादुर पुलामीले बताउनुभयो ।

समुदायलाई यो चरणमा पु¥याउन टोलमा रहेका ४३ घरधुरी संगै सम्पुर्ण सरोकारवाला निकायले उल्लेखनिय योगदान पु-याएकोमा धन्यवाद गर्दै उहाँले यसको महत्व तथा दिगोपनाका लागि प्रत्येक घरधुरीले अझ बढी सजग एवं सचेत रहनुपर्ने बताउनुभयो । उहाँले आउँदो दिनमा छिट्टै पूर्ण सरसफाइयुक्त टोलको तयारीमा लाग्नका लागि समेत शुभकामना व्यक्त गर्नुभयोे ।

यस्तै वराहताल गाउँपालिकाका स्वास्थ्य विभाग संयोजक, महेन्द खत्रीले पूर्ण सरसफाइ उन्मुख अवस्था हासिल हुनु पनि निरोगिताको एक अवस्था रहेको बताउनुभयो । स्वच्छता कायम निरन्तर प्रयास र अभ्यासले हुने हुँदा आगामी दिनमा सबैले आ–आफ्नो व्यवहार परिवर्तन गरी सरसफाइको अभावमा कोही पनि विरामी पर्न नपरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै लेखगाउँ स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद भण्डारीले यसको पुर्ण सरसफाइ उन्मुख अवस्थाले पूर्णता पाए नपाएको कुरा स्वास्थ्य चौकीमा आउने झाडापखाला तथा पानीजन्य रोगको तथ्यांकले जनाउने बताउनुभयो । विगतमा गरिएको खुलादिसामुक्त घोषणाले त्यस्ता रोगमा कमी आएको उहाँको दाबी थियो ।

कार्यक्रममा सुआहारा जिल्ला कार्यालयका वास अधिकृत राजु चौधरीले आजको दिन देखि टोलबासीको स्वस्थ्य, इज्जत र प्रतिष्ठा अझ बढनेछ भने प्रतिष्ठा जोगाइ राख्न प्रत्येक व्यक्तिको दायित्व रहेको बताउन भयो ।

वडा अध्यक्ष झक्कडबहादुर पुलामीको प्रमुख आतिथ्य एवं स्वास्थ्य संयोजक महेन्द्र खत्रीको विशेष आतिथ्यमा लेकाली स्वास्थ्य आमा समुह पिपलसारेका अध्यक्ष बन्दना पुलामीको सभापतित्वमा पिपलसारेलाई स्वच्छ तथा पुर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा पिपलसारे किशोरी संवाद केन्द्रका किशोर किशोरीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । टोललाई पुर्ण सरसफाइ उन्मुख टोल घोषाको चरणमा ल्याउन सहयोग तथा योगदान पु-याउने पिपलसारे स्वास्थ्य आमा समुह, किर्डाक नेपाल, पिपलसारे किशोरकिशोरी संवाद केन्द्र, लेखगाउँ स्वास्थ्यचौकी तथा सुआहारा कार्यक्रमलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार