काठमाडौ : यही असार २८ गते विहीबार दुई जिल्ला एकैदिन खुला दिसामुक्त घोषणा हुने भएका छन् । प्रदेश नं. ५ को बाँके र प्रदेश ३ को नुवाकोट जिल्लालाई एकै दिन खुला दिसामुुक्त घोषणा गर्ने समय जुरेको हो ।
बाँकेलाई सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा र नुवाकोटलाई पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यमा खुला दिसामुक्त घोषणा गर्न लागेको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ । यी दुवै जिल्ला खुलादिसामुक्त घोषणा भएपछि खुला दिसामुक्त घोषणा जिल्लाको संख्या ५८ पुग्नेछ ।


1052 पटक हेरिएको 

