नुवाकोटलाई यसरी गरियो, खुला दिसामुक्त घोषणा

नुवाकोट : नुवाकोटलाई बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाको ६६ हजार २७२ घरमै शौचालय बनेर प्रयोगमा आएपछि सांसद बहादुरसिंह लामाले नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्नुभयो । पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम भएपनि थापाले व्यस्तताका कारण समय उपलब्ध गराउन नसकेपछि सांसद लामाले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नुभयो ।

 

२०७४ असोजमै खुला दिसामुक्त घोणणा गर्ने लक्ष्य राखे पनि भूकम्प, स्थानीय, प्रदेश र संघको चुनाव लगायत कारणले सबै घरमा चर्पी बनाउन नसकेपछि पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्लालाई खुला दिसामुक्त गर्न सकेको थिएन ।

विक्रम सम्बत २०७० सालमै ४६ प्रतिशत घरधुरीमा चर्पी बनिसकेको नुवाकोटमा २०७२ वैशाखमा ५९ प्रतिशत घरमा चर्पी बनिसकेको थियो । तर २०७२ सालको भूकम्पले घरसँगै शौचालय पनि भत्किएपछि नुवाकोटको सरसफाइ फेरि ४६ प्रतिशतमै झरेको थियो । भूकम्पका कारण २ बर्ष पछाडि धकेलिएको सरसफाइलाई उठाएर सन् २०१६ मा ७५ प्रतिशत, सन् २०१७ जुनमा ९२ प्रतिशत हुँदै सन् २०१७ को डिसेम्बरमा करिब ९५ प्रतिशत पुगेको थियो ।

 

 

जिल्लाको १२ वटा स्थानीय तह नै खुला दिसामुक्त घोषणा भएपछि नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको हो । नुवाकोटको सरसफाइमा सुआहारा, नेपाल रेडक्रस सोसाइटी, आर.एस.एन, डिकोन नेपाल, स्ट्यान्डस नेपाल, सूर्योदय सामाजिक क्लव, फण्डबोर्ड, ACF, युनिसेफ, सेभ द चिल्डे«न, वल्र्ड भिजन, अक्सफाम, यु.एन्.ह्याविट्याट, समारिटन पर्स, मर्सीक्रप्स, आर्चीनोभा, DFID, सिडिसि, एकिकृत तादी विकास, सामाजिक सहायता संस्था, गेर्खुटार यूवा क्लब, कार्डसन, गोरखा वेल्फेयर, केसिडिसी, वल्र्ड रिन्यु लगायतका सरकारी तथा राष्ट्रिय रअन्तराष्ट्रिय गैर सरकारी संस्थाले काम गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार