खानेपानी व्यवस्थापन बोर्डद्वारा दैनिक दश लाख लिटर पानी थप

मकवानपुर : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौडामा वितरण गरिरहेको खानेपानीमा दश लाख लिटर पानी थप गरेको छ । बोर्डले हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ मा पर्ने कुख्रेनीमा नयाँ सम्बेल निर्माण गरी दैनिक १० लाख लिटर पानी थप गरेको हो ।

बोर्डले अब प्रतिदिन १ करोड ३२ लाख लिटर खानेपानी वितरण गर्नेछ । बोर्डले अहिले १ हजार ८ सय ७५ धारा मार्फत १ लाख ७ सात हजार नगरबासीलाई नियमित खानेपानी सेवा दिँदै आएको छ । २८ लाख ७५ हजार लागतमा सम्बेल निर्माण भएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको वडा–९ का प्रदीप पराजुलीले सम्बेल निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार